हुने भयो ट्रम्प–किम दोस्रो शिखर बैठक

Trump-Kim
लाेकपाटी न्यूज

वासिङटन, २६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने निश्चित भएको छ ।

भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले शुक्रबार जानकारी दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरा प्रतिनिधि भर्खरै मात्र महत्वपूर्ण उपलब्धिका साथ उत्तर कोरियाबाट स्वदेश फर्किदै छन्, उनीहरुले दोस्रो शिखर बैठकको स्थान र मितिको टुङ्गो लगाएका छन् ।’

उत्तर कोरियाका लागि आफ्ना विषेश प्रतिनिधि स्टेफान बिएगनलाई उद्धृत गर्दै उनले दोस्रो शिखर बैठक भियतनामको हनोइमा यही फेब्रुअरी २७ र २८ तारिखमा हुने जानकारी दिएका हुन् ।

‘नेता किम जोङ् उनको नेतृत्वमा उत्तर कोरिया आर्थिक शक्तिराष्ट्र बन्ने छ,’ उनले अर्को ट्वीटमा भनेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्