वर्षा गराउने प्रणाली भित्रिँदै, पुन: पानी पर्ने

Rain-8
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ माघ । लगातार तीन दिनदेखिको वर्षापछि खुलेको मौसम सोमबार फेरि बदली भएको छ । सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज विशेषगरी पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीको भनाई छ । उनले भनिन्, काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको मध्य र पूर्वी क्षेत्रमा भने आज वर्षाको सम्भावना छैन तर मौसम बदली भने धेरैजसो ठाउँमा हुने उनको भनाई छ ।

यस्तै मंगलबारबाट अझ वर्षा गराउने खालको नयाँ प्रणाली भित्रिँदैछ । यसबारे संस्थागत रूपमा अहिल्यै भन्न नमिले पनि मंगलबारदेखि पानी पार्ने नयाँ प्रणाली आउने देखिएको मौसमविद् बासीले जानकारी दिइन् । उनले भनिन्, ‘भोलिदेखि नयाँ खालको प्रणाली भित्रिने सम्भावना देखिएको छ । यो अहिलेको भन्दा शक्तिशाली छ र त्यसले अलि ठूलो वर्षा गराउनेछ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघिको पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बिदा भई कमजोर प्रणाली भित्रिएपछि मौसममा सुधार आएको हो । बिहीबारदेखि लगातारको वर्षा र हिमपात रोकिएर आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको थियो ।

पश्चिमबाट भित्रिएको सो प्रणालीकै कारण आज मौसम बदली भएको हो । भोलिदेखि भित्रिने प्रणालीले कति दिन प्रभाव पार्छ अहिले भन्न सकिने उनले बताईन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्