‘जनतामा निराशा फैलाउने प्रयास हुँदैछ’

लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने प्रयास भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतामा निराशा फैलाउने स्वार्थी तत्वहरु सक्रिय भएको बताएका हुन् ।

नेपालमा वैदेशिक लगानी भित्रिन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भईरहेको उनको भनाई छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि जारी रहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको पनि उल्लेख गरेका छन् । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।