सद्भावना दूतमा दिपाश्री निरौलासँगै सुमित खड्का

Deepa
लाेकपाटी न्यूज

मोरङ, २८ माघ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्का सद्भावना दूतमा नियुक्त भएका छन् ।

विराटनगर महानगरपालिकाले निर्देशक निरौला र गायक खड्कालाई सद्भावना दूतका रुपमा नियुक्त गरेको हो ।
आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उनीहरुलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हाँस्य कलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा स्थापित भएकी छन् । निर्देशक निरौलाले भने आफूमा थप जिम्मेवारी बढेको महशुस भउको बताएकी छन् ।

राष्ट्रिय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका थिए । दुई जना विराटनगरकै भएकाले पनि कलाकारको सम्मान र विराटनगरको बिकासका लागि सद्भावना दूत नियुक्त गरिएको मेयर पराजुलीले भनाई छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्