काठमाडौं, २९ माघ । अब कर्मचारीले सरकारको आलोचना गर्न नपाउने भएका छन् । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारी सेवामा रहेका वा नरहेका कर्मचारीले सरकारको आलोचना गर्न नपाउने व्यवस्था गरिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले विधेयकमा निजामती कर्मचारीले राजनीतिक क्रियालापमा संलग्न नहुने वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुने र राजनीतिक दल वा सङ्गठनको सदस्यता नलिने व्यवस्था गरेको बताए ।