नवलपरासीका चार स्थानमा स्मार्ट कृषि कार्यक्रम

कृषि ज्ञान केन्द्र
लाेकपाटी न्यूज

नवलपरासी, १ फगुन । पश्चिम नवलपरासीमा स्मार्ट कृषि कार्यक्रम संचालनमा आउने भएको छ । प्रदेश ५ का ५२ स्मार्ट कृषि कार्यकक्रम मध्ये जिल्लाको दूई नगरपालिका र दूई गाउँपालिका गरी ४ ठाउँबाट कृषि स्मार्ट कार्यक्रम संचालन हुने भएको हो ।

कृषि ज्ञानकेन्द्र नवलपरासीका प्रमुख राममिलन प्रसाद विश्वाकर्माले रामग्राम नगरपालिका १५ सुक्रौली ,बर्दघाट नगरपालिका १३ धनेवा, सरावल गाउँपालिका २ मगरमुढहा , प्रतापपुर गाउँपालिका ८ पिपरपातिमा कृषि स्मार्ट कार्यक्रम सञ्चालनका लागि स्थान छनौट गरिएको जानकारी दिए ।

एउटा निर्वाचन क्षेत्रमा एउटा निर्वाचित प्रदेश सभा सांसदले कम्तीमा एक पटकमा एउटा क्षेत्र छान्ने पाउने, कृषि स्मार्ट कार्यक्रम संचालनका लागी किसानको कम्तिमा ५० घरधुरी हुनुपर्ने, ५० बिगाह क्षेत्रफल जग्गा चाहिने, सम्बन्धित किसानहरु मध्ये ५० प्रतिशले पहिले देखिनै सम्बन्धित बालिको बारेमा अनुभव हुनुपर्ने र एउटै कलस्टर हुनु पर्ने प्रवाधान रहेको छ ।

स्मार्ट कृषि कार्यक्रम अन्तरर्गत बाख्रापालन माछापालन, बालीनाली, कुखुरा पालन बगुरसुगुर पालन गाई भैसीपालन गर्न सकिने र यसकालागी मापदण्ड कायम गरिएको विश्वाकमाले बताए ।

बढीमा दुई बाली लगाउने पाउने व्यवस्था रहेको स्मार्ट कृषि कार्यक्रमको लागी १ वर्षमा जम्मा बजेट ५० लाखको हुने र प्रति वर्ष २५ प्रतिशतको दरले घट्दै जाने व्यावस्था रहेको छ । स्मार्ट कृषि कार्यक्रमम सञ्चालनमा २० प्रतिशत स्थानिय उपभोत्ताको र ८० प्रतिशत प्रदेश सरकारको रहने प्रावधान रहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार गठन गरिएको स्मार्ट कार्यक्रम संचालन समीतिमा प्रदेश सांसद, कृषि ज्ञानकेन्द्र, गाउँका स्थानिय गरी ७ सदस्यीय प्रतिनिधिहरु रहने प्रवाधान रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्