चिकित्सकका लागि चिकित्सक आवास भवन

Dhaulagiri-Zonal-Hospital-02
लाेकपाटी न्यूज

गलकोट, २ फागुन । धवलागिरि अञ्चल अस्पताल बागलुङले अस्पतालमा सेवारत चिकित्सकहरुका लागि आवास भवन निर्माण गरेको छ ।

चार परिवार बस्न मिल्ने दुईतले सो पक्की भवन निर्माणमा रु. एक करोड ४६ लाख २९ हजार लागत लागेको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्या रहेकोले सो समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरिएको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए ।

एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । थप चिकित्सक आवास निर्माण गर्न समेत अस्पतालले पहल गरिरहेकोे गौतमले जानकारी दिए ।

अस्पतालमा चिकित्सक नबस्ने परिपाटी चलिरहेको अवस्थामा सुविधासम्पन्न आवास निर्माण भएसँगै सेवारत चिकित्सकहरु लामो समयसम्म अस्पतालमै बुसने वातावरण सिर्जना हुने अपेक्षा अस्पतालले लिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्