‘सुदूरपश्चिमले अब समृद्ध बनेर सन्देश दिनुपर्छ’

Nandabdr pun
लाेकपाटी न्यूज

कञ्चनपुर, २ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लागेको बताएका छन् । उनले शुक्लाफाँटा, महाकालीमाथिको झोलुङ्गे पुल, खप्तड, घोडाघोडी यसै प्रदेशमा रहेको उल्लेख गर्दै यी सबै सुदूरपश्चिमको समृद्धिको आधार भएको बताएका हुन् ।

बेदकोट धार्मिक पर्यटन मेला– २०७५ को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर पुगेका उपराष्ट्रपति पुनले अघिल्लो समयमा सुदूरपश्चिम पिछडिएको भएपनिे अब सुदूरपश्चिमले समृद्ध बनेर अरु प्रदेशहरुलाई सन्देश दिनुपर्ने बताए ।उनले भने,‘ सुदूरपश्चिमको समृद्धिका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता देदिन्छ ।’

बिहीबारदेखि बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष २०७५ अन्तर्गत बेदकोट धार्मिक पर्यटन मेला आयोजना गरेको छ ।

यस्तै उपराष्ट्रपति पुनले शुक्लाफाँटा र दोधारा-चाँदनी झोलुङ्गे पुलको भ्रमण गरेका छन् । बिहिबार उनले सुदुरपश्चिम प्रदेशको बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एशियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गरेका हुन् ।

सुदूरपश्चिमकै पर्यटनको केन्द्र बनिरहेको झोलुङ्गे पुल भ्रमणको क्रममा उपराष्ट्रपतिलाई भीमदत्त नगरपालिकाले अभिनन्दन पनि गरेको छ । उपराष्ट्रपति पुनले झालेङ्गे पुल वारपार गरेका थिए । झोलुङ्गे पुलले भीमदत्त र महाकाली नगरपालिकालाई जोड्ने गर्दछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्