एजेन्सी। भारतीय सिनेमामा दबंग स्टारको उपाधि पाएका सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाइमेक्स सिनको लागि उक्त सेट तयार पारिएको जनाइएको छ ।
रोचक त के भने सुटिङका क्रममा यो पूरै सेट ध्वस्त पारिनेछ । कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा देखिने भएका छन् ।
फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाँचथरि अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाइमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको बताइएको छ। भारत फिल्ममा सलमान खानकी पूर्वप्रेमिका कट्रिना कैफलाई खानको पत्नीको भूमिकामा देख्न सकिनेछ ।