डण्डीबियो प्रतियोगिता शुरु

220px-Biyo_and_Dandi01
लाेकपाटी न्यूज

धादिङ, ५ फागुन । धादिङबेसीमा पहिलो पटक लोपोन्मुख अवस्थामा रहेको नेपाली पहिचानसहितको डण्डीबियो खेलको प्रतियोगिता आयोजना गरिएको छ ।

धादिङबेसीस्थित खुलामञ्चमा जिल्ला समन्वय समितिको प्रमूख जगन्नाथ नेपालले उक्त प्रतियोगिताको आईतबार डण्डीले बियो हानेर उद्घाटन गरे । डण्डीबियो संस्कृति जोगाउन तथा मौलिक खेलका रुपमा विकास गर्न डण्डीबियो सङ्घ र नेपाल स्काउट धादिङले संयुक्त रुपमा आयोजना गरेको हो ।

प्रतियोगितामा जिल्लाका ४१ विद्यालयले भाग लिएका छन् । सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिने नेपाल स्काउट धादिङका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्