पशुपतिलाई २५ हजार दिन्छु भनेपछि संसदमा हंगामा

sansad
लाेकपाटी न्यूज

काठमाडौं,  ६ फागुन । युट्युबबाट हटाइएको पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि पुगेको छ ।

सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको हितका लागि गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे ।

उक्त घोषणा लगत्तै नेकपाका सांसद झपट रावलले त्यसको चर्को विरोध गरे । उनले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको दावी गरे ।

विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफै त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’