विद्यार्थीको घेराऊ पश्चात घोषणा भयो स्ववियुको केन्द्रीय निर्वाचन समिति

aneraswobiu
लाेकपाटी न्यूज

काठमाडौं, ६ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सन्पन्न गर्न केन्द्रीय निर्वाचन समन्वय एवम् निरिक्षण समितिको घोषणा गरेको छ ।

त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को घेराउ कार्यक्रमै समितिको नामावली सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको छ । समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती रहेका छन्। समितिका अन्य सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसि, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् ।

सोमबार उनीहरु स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिन त्रिभुवन विश्वविधालय पुगेका थिए ।
केन्द्रीय निर्वाचन समिति बन्नुलाई सकारात्मक रुपमा लिएको अनेरास्ववियू ९क्रान्तिकारी ० का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए । समितिको वैठक तत्काल बसेर स्ववियु निर्वाचनको तालिका सार्वजनिक गर्ने त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

समितिको नाम सार्वजनिक हुनु अघि आयोजित घेराऊ कार्यक्रममा अनेरास्ववियू ९क्रान्तिकारी ० का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले स्ववियु निर्वाचन तत्काल अघि वढाउन चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्