एक महिला, जसले सात जीवित शिशु जन्माइन्

baby
लाेकपाटी न्यूज

एजेन्सी ।  इराकमा  एक महिलाले एकैसाथ ७ वटा शिशु जन्माएकी छिन् ।

२५ वर्षीया ति महिलाले एकैसाथ ६ छोरी र एक छोरालाई जन्म दिएकी हुन् । सात वटा बच्चाहरु जिवित जन्माइएको घटना यो विश्वमै पहिलो घटना हो ।

पूर्वी इराकको दियाली प्रोविन्सको एक अस्पतालमा ती महिलाले एकैसाथ सात शिशुको जन्म दिएकी हुन् ।

तर अहिलेसम्म सात वटा शिशुको जन्म दिने आमाको नाम भने सार्वजनिक गरिएको छैन । महिलाको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको सात वटै बच्चाहरुको स्वास्थ्यवस्थामा पनि सुधार आइहरेको अस्पतालले जनाएको छ ।

शिशुहरुको बुबा युसेफ फैदलले भने ‘परिवार बढाउने योजना बनाएका थिएनौँ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्