‘सामाजिक सञ्जालको सदुपयोग गरौं’ : मन्त्री बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, ९ फागुन । वर्तमान सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल हाइड्रोजन बम भएकाले यसको सदुपयोग गर्न आग्रह गरेका छन्।

मन्त्रीपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘सामाजिक सञ्जालको सदुपयोग समाज विकासको आधारशिला बन्न सक्छ, तर यसको दुरूपयोग कुनै हाइड्रोजन बमभन्दा कमी नहुन सक्छ ।’

समाजिक सञ्जालको दुरूपयोगले समाजमा गलत काम भएको र भ्रम फैलिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले यसले साइबर सुरक्षामा समेत आघात र्पुयाउने बताए । उनले सामाजिक सञ्जालमाथि सरकारले अंकुश नलगाउने बताए । उनले भने, ‘जसले डिजिटल नेपालको परिकल्पना गर्छ उसले सूचना प्रविधिलाई कसरी खत्तम गर्नसक्छ ?’

उनले प्रविधिले मस्तिष्कमा प्रेम र विष दुबै सिर्जना गर्नसक्ने तर्क गर्दै सरकारले नराम्रो कुरामाथि मात्र नियन्त्रण गर्न खोजेको जिकिर गरेका छन् । ‘कुनै ठाउँमा साइबर बुलिङ भयो भन्छ, त्यसको आधार के ? कसरी थाहा पाउने ? कसले अनुसन्धान गर्ने ? के सजाय हुने ? त्यसको सरकारसँग केही कानुन थिएन । सरकारले त्यही कानुन बनाउन लागेको हो,’ उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्