पटिहानी, ९ फागुन । पर्यटकीय नगरी पटिहानीमा पद्मोदय यूवा क्लबको आयोजनामा फागुन १८ गतेदेखि पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
क्लबका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा बिहीबार सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । हरेक बर्ष महाशिवरात्रीको अवसर पारेर आयोजना हुँदै आएको प्रतियोगिता फागुन २० गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु. ५० हजार, रु. ३० हजार र रु. १०÷१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क रु. २,००० मात्र तोकिएको छ ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिहरुसमेत गठन गरिएको छ । जसअन्तर्गत टिम व्यवस्थापनमा सुर्य गुरुङ, खेल व्यवस्थापनमा मनि प्रसाद गुरुङ, आर्थिक व्यवस्थापनमा रामनाथ पन्त, यूवा परिचालनमा पदम बहादुर पौडेल, प्रचारप्रसारमा सन्जिब पाण्डे, सचिवालय व्यवस्थापनमा कुशल पौडेल र हरिभक्त भण्डारी, प्रविधि व्यवस्थापनमा नारायण भट्ट, प्राथमिक उपचारमा भुपाल शमशेर जबरा लगायतका चयन भएका भएका छन् ।
प्रतियोगिताका प्रबद्र्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी यूवा तथा खेलकुद परिषद रहेका छन् । विगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगितासमेत सम्पन्न गरेको थियो ।