समुदाय–प्रहरी साझेदारीअन्तर्गत जनचेतना कार्यक्रम

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, ९ फागुन। सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत बुधबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहत कार्यालयहरुबाट आ–आफ्नो क्षेत्र अन्तर्गतका स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको हो ।

स्थानीय निकाय तथा समाजसेवीको सहकार्यमा आयोजित उक्त कार्यक्रमहरुमा लागूऔषध दुव्र्यसनी, महिला हिंसा न्यूनिकरण, घरेलु मदिरा नियन्त्रण, मानव वेचबिखन र बालविवाह रोकथाम लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रम सञ्चालन गरिएका स्थानहरुमा सिम्ता गाउँपालिका अन्तर्गत गिजीबजार, आरुडाँडा, आग्रीगाउँ, पञ्चपुरी नगरपालिका अन्तर्गत माझीगाउँ, मालिका माबि पैसरा, चौर, बसन्तपुर, चौकुने गाउँपालिका अन्तर्गत सन्याघारी, तोस्रा, मौला, माथिल्लो लगाम, बराहताल गाउँपालिकाअन्तर्गत डोप्का, बड्डीचौर, साझघाट, र चिङगाड गाउँपालिका अन्तर्गत औलाजुगार्ड, भेरीगंगा नगरपालिका अन्तर्गत शारदा माबि, नेपाल राअ विद्यालय, ठलोकुरिले, गेरुवानी, जहेर, गुर्भाकोट नगरपालिका अन्तर्गत काल्चे, बिशालचोक, पुनटोल, किररिने, नाडफोर, हिले, वीरेन्द्रनगर नगरपालिका अन्तर्गत भतकेनाटोल, लादे र लेखवेशी नगरपालिका अन्तर्गत डाँडागाउँ रहेका छन् ।

सबै कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, समाजसेवी एवं स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो । पोखरा महानगरपालिका–२८ कालिका आरुपाटामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत हुनसक्ने चोरी तथा लुटपाट सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार बिहान सम्पन्न भएको छ ।

समुदायिक सेवा केन्द्र एवं समुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम स्थानीय प्रतिनिधी, स्थानीय आमा समूह, युवा समाजसेवी लगाएत प्रहरी कर्मचारीहरिको सहभागिता रहेको थियो ।यसैगरी पोखरा महानगरपालिका–२ स्थित बिन्दवासिनी मावि बरपाटनमा साइबर सुरक्षा तथा आकस्मिक नम्बरहरुको प्रयोगको वारेमा सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको थियो ।

यसैगरी पोखरा महानगरपालिका–२६ बिजयपुर भवानीचोकस्थित आमा समुहको भवनमा स्थानीय क्लब, आमा समूह एवं स्थानीय ब्यक्तिहरुलाई लागूऔषध दुव्र्यसन एवं मदिरा सेवन नियन्त्रणका उपायहरु सम्वन्धी प्रशिक्षण कार्यक्रम बिहीबार बिहान सम्पन्न भएको छ ।

यसैगरी पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित सिर्जना माध्यमिक विद्यालयमा सडक सुरक्षा, लागूऔषध दुव्र्यसन तथा साइबर अपराध सम्बन्धी विषयमा प्रशिक्षण बुधबार बिहान सम्पन्न भएको छ । वडा प्रहरी कार्यालय वैदाम र बिद्यालय समुदाय–प्रहरी सम्पर्क समिति सिर्जना माविको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सिर्जना माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्