काठमाडौं, १० फागुन । नेपाल वायुसेवा निगमले आवश्य पदपूर्तिका लागि विभिन्न पदमा दरखास्त आह्वान गरको छ । निगमले लोक सेवा आयोगको स्वीकृतिपछि खुल्ला प्रतियोगिताद्वारा स्थायीरुपले पदपूर्ति गर्नको लागि दरखास्त मागेको हो ।
निगमले प्राविधिकदेखि प्रशासनसम्मका पदका लागि एकैचोटी १६५ जना कर्मचारी माग गरेको हो।
जसमा सिनियर पाइलटदेखि लिएर जुनिएर पाइलटसम्मको पद रहेको छ। निगमले कर्मचारी आवश्यकता भन्दै शुक्रबारको गोरखा पत्रमा सूचना प्रकाशित गरेको छ।
आफूलाई ईच्छा लागेको पदमा दरखास्त दिन चाहने ईच्छुक उम्मेद्वारले आजको मितिबाट २१ दिनभित्र आफूले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाणपत्रकाका प्रतिलिपि, दरखास्त शुल्क तिरेको भौचरका साथमा पेश गनुपर्ने सूचनामा उल्लेख छ ।