‘पूर्खाले ज्यान दिए, हामी अडानमा बसे पुग्छ’ : प्रधानमन्त्री

KP-Oli-1
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाहरुले ज्यान दिएर देश बचाएको बताउँदै आफूहरु अडानमा बसे पुग्ने बताएका छन् । विहीबार दहचोकमा आयोजित पर्यटन महोत्सवको उद्घाटन गर्दै सम्बोधन गर्ने क्रममा ओलीले भने, “हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ ।”

उनले सो अवसरमा आफ्नी धर्मपत्नी राधिका शाक्यलाई गुराँसको फूल प्रदान समेत गरे । बिहीबार शुरु भएको तेस्रो इन्द्र दह पर्यटन महोत्सवमा प्रधानमन्त्रीले धर्मपत्नी राधिका शाक्यलाई गुराँसको फूल दिएका हुन् । सर्वसाधारणले दिएको गुराँसको फूल प्रधानमन्त्रीले पत्निलाई दिँदा त्यहाँ रहेका बालबालिकाहरु मुस्कुराएका थिए ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीको लागि तिर्थस्थल भएको बताएका छन् ।

महोत्सवको सो अवसरमा प्रधामन्त्री ओलीले पाण्डेको पूर्णकदको सालिक अनावरण समेत गरेका थिए । हरेक बर्ष प्रधानमन्त्री ओलीले सो ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गर्ने गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

चन्द्रागीरी नगरपालिका–१ मा रहेको सो ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले गतबर्ष नै कंलकी–दहचोक सडकको स्तरोन्नती हुने घोषणा गरेकोमा यस बर्ष काम धमाधम भइरहेको बताइएको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने विहीबारको कार्यक्रममा बताएका थिए । नेपाल एकीकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकीकरणका लागि जीवन आहुती दिएर असाधारण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सो अवसरमा भनेका थिए, ‘राष्ट्रको पहिचान र राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो । अब यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्