१६ जिल्लामा मृगौलाको निशूल्क उपचार, कुन‍ कुन जिल्ला परे ?

kidney
लाेकपाटी न्यूज

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा बिस्तार गर्ने भएको छ ।

डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु. चार हजार, प्रत्यारोपणका लागि रु. चार लाख, प्रत्यारोपणपश्चात औषधि सेवानका लागि रु. एक लाख प्रदान गर्ने गर्दछ ।

सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मृगौला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले सो जानकारी दिँदै मृगौला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताए ।

उनले मृगौला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको बताए । बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गौला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी हुने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिए । अर्का सदस्य उमेश श्रेष्ठले मिर्गौलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिए ।

समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गरे । सरकारले गरेको पछिल्लो निर्णयले देशका करीब २० लाख नागरिकले निशूल्क उपचार पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्