काठमाडौं, ११ फागुन। प्रहरीलाई नै घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सवारी साधन जेकजाँचका क्रममा घुस दिन खोजेपछि प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ। सवारी साधन अनुमति पत्र नलिइ सवारी चलाउने, तीब्र गतिमा सवारी साधान गुडाउने, आवश्यकता भन्दा बढी यात्रु हुल्ने, नियम निशेधित क्षेत्रमा सबारी साधन पार्किङ्क गर्नेजस्ता गैह्र जिम्मेवार कार्य रोक्न प्रहरीले चेक जाँचमा कडाइ अपनाएको छ।
यस्ता गतिबिधिमा संलग्न चालकहरुलाई प्रहरीले कानून अनुसारको कार्बाही गर्दै आएको छ। तथापि अटेरी गर्नेहरुको पनि कमी छैन। यस्ता गैह्र जिम्मेवार काम गर्नेहरुले प्रहरीलाई घुस दिएर उम्कन सकिन्छ भन्ने सोच राखेका हुन्छन्। तर तिनीहरुको सोचलाई प्रहरीले निस्तेज पार्दै आएको छ।
त्यसै सिलसिलामा प्रहरीले आफ्नो नियमित चेकजाँज गर्ने क्रममा एकजनाले उल्टै प्रहरीलाई नै घुस दिन खोजेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको चेकजाँचमा आँच आउने क्रियाकलाप गरेको भन्दै उनलाई पक्राउ गरेको जनाएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले प्रहरीलाई घुस दिने १ जनालाई पक्राउ गरेको छ। प्रहरीले नागार्जुन स्युचाटामा चेकिङको क्रममा मादक पदार्थ सेवन गरेका कलंकी बस्ने सर्लाहीका शिवनाथ पटेलले प्रहरीलाई १ हजार घुस दिएकाले घुस सहित निजलाई नियन्त्रणमा लिएको छ।