प्रदेश लोकसेवा आयोग विधेयक पारित

िवपषय
लाेकपाटी न्यूज

काठमाडौं, १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन ग¥यो ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते अपराह्न १ः०० बजे बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्