प्रहरीद्वारा ३१ जना सडक बालबालिकाको उद्धार

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १४ फागुन। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ जना र ठमेल क्षेत्रबाट १२ जना गरी जम्मा ३१ जना सडक बालबालिकाहरुको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुनस् स्थापना केन्द्रको संयुक्त साझेदारी तथा समन्वयमा सोमबार राति उनीहरुलाई उद्धार गरिएको हो ।

कुलत तथा दुर्व्यसनमा फसेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय व्यक्तिहरु तथा बालबालिकाहरुको जीवन जोखिममा रहेको साथै उनीहरुको मृत्यु समेत हुने सक्ने भएकोले उनीहरुको उद्धार गरिएको हो । उनीहरुलाई सोभर रिकभरी सेण्टर जोरपाटी, काठमाडौंमा पुनस्र्थापना गरिएको छ ।

काठमाडौं। सिरहा धनगढीमाई नगरपालिका–१ खुट्टीस्थित जंगलमा वेबारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब ४० किलो ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले मंगलवार बिहान बरामद गरेको छ । उक्त गाँजा लिई आउने व्यक्तिहरु प्रहरीलाई देख्नासाथ उक्त गाँजा छाडी फरार भएका हुन् ।

मकवानपुर, राक्सिराङ गाउँपालिका–६ स्थित जितबहादुर स्याङ्तानको घरमा वोरामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा करिब ८४ केजी ४ सय ग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ । जितबहादुर हाल फरार रहेका छन् ।

नवलपरासी (पश्चिम) । बिनय त्रिबेणी गाउँपालिका–१ खोरखोला बस्ने ६६ वर्षीय पूर्णबहादुर बिकको काठको घरमा बिजुली सर्ट भई आगलागी हुँदा घरभित्र रहेका विभिन्न सरसामान जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्