रुविनाको ह्याट्रिकसँगै नेपालको सानदार जीत

cricket
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन । आईसीसी महिला टी–ट्वान्टी एसिया क्षेत्रीय छनोट खेलमा कुवेतविरुद्ध नेपालले सानदार जीत हासिल गरेको छ ।

१ सय १७ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८६ रन मात्रै बनाएपछि नेपाल विजयी भएको हो ।

करुणा भण्डारीले उत्कृष्ठ प्रदर्शन गर्दै जितको आधार तयार पारिन् । तर, अन्तिम ओभरमा बलिङ गर्न आएकी कप्तान रुविना क्षेत्रीले ह्याट्रिक गरेपछि कुवेत स्तब्ध बन्यो ।

१५औं ओभरका लागि करुणा भण्डारीले आफ्नो तेस्रो ओभर लिएर आएकी थिइन् । यसबेलासम्म कुवेत बलियो पोजिसनमा थियो । एक विकेटको क्षतिमा ६३ रन बनाइसकेको कुवेतले नेपाललाई दबावमा धकलिसकेको थियो । करुणाले कुवेतको बलियो साझेदारी तोड्दै प्रियादा मुरलीलाई रन आउट गराइन् ।

१५ औँ ओभरमा करुणाले आफ्नो खातामा दुई विकेट दर्ता गरिन् । फेरि १७ औं ओभरमा आएकी करुणले थप एक विकेट लिएकी थिइन् । खेलमा ‘प्लेअर अफ दी म्याच’ भने कप्तान रुबिना भइन् । नेपालका लागि नेरी थापा र कविता कुँवरले समान एक एक विकेट लिइन् ।

यसअघि, ब्याटिङका क्रममा नेपालका लागि विन्दु रावलले सर्वाधिकले २८ रन बनाइन् भने कप्तान रुविना क्षेत्रले २२ रन जोडिन् । काजल श्रेष्ठले १८ र नेरी थापा १७ रन जोड्न सफल भए । इन्दु र रोमाले भने दोहोरो अंकमा रन जाड्न सकेनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्