समयमा कार्यसम्पादन गर्न मन्त्रालयको निर्देशन

0120120
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू मातहतका निकायलाई समयमा कार्यसम्पादन गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बेरुजु फछ्र्यौटसम्बन्धी छलफलमा सचिव महेन्द्रमान गुरुङले पूँजीगत खर्चको उपयोग बढाउन कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएका हुन् ।

पूँजीगत खर्च समयमा नहुनुको अर्थ समयमा काम नहुनु भएकाले खर्च समयमा सकाउन उनले प्रमुखलाई सुझाव दिए । आफू मातहतका कर्मचारीलाई काममा लगाउने र काम अघि बढे नबढेको नियमन गर्न उनले प्रमुखलाई निर्देशन दिएका छन् । “समयमा काम नभएपछि जसलाई जिम्मेवारी दिइएको हो उसलाई कारबाही गर्नुपर्छ ” उनले भने ।

अहिले दोस्रो चौमासिक सकिन लागेकाले चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम चाँडो अघि बढाउन सचिव गुरुङले निर्देशन दिए । उनले आगामी आ.व.को शुरुदेखि नै ठेक्का सम्झौता गर्ने र त्यसका लागि असारभित्रै कागजात तयार गर्नुपर्ने बताए । आगामी वर्षका लागि नीति तथा कार्यक्रम बनाउन शुरु गर्नुपर्नेमा उनकोे जोड छ । उनले निलो किताबमा पारेर मन्त्रालय मातहतको सबै निकायको नीति तथा कार्यक्रम अर्थमन्त्रालय, योजना आयोग र प्रधानमन्त्री कार्यालय पुगोस् भन्ने आफूहरुले चाहेका बताएका छन् ।

छलफलमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्