देशले ठूलो क्षति बेहोर्‍यो : लेखनाथ न्यौपाने

lekhnath-neupane
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सबैतिर सन्नाटा छाएको छ।

मन्त्री अधिकारीलाई पूर्वविद्यार्थी नेताहरुले विभिन्न कोणबाट स्मरण गरेका छन्। विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा आएका अधिकारीलाई पूर्वविद्यार्थी नेताहरु योगेश भट्टराई, गगन थापा, लेखनाथ न्यौपाने लगायतले सहयात्राका क्षणहरु सम्झिरहेका छन्।

मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका केन्दीय सदस्य समेत रहेका नेता न्यौपानेले लेखेका छन्, ‘निकै ठूलो क्षति१ आदरणीय दाइ, विद्यार्थी आन्दोलनको अग्रज तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैप्रति हार्दिक श्रद्धाञ्जली।’

नेता एवं सांसद योगेश भट्टराईले पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग आज साढे ४ बजे भेट्ने कुरा भएको बताएका छन्। उनले भनेका छन्, ‘हिजो मात्र उहाँसँग भेट भएको थियो, काठमाडौं बाहिर जान्छु, ३ बजे आउँछु साँढे ४ मा भेटौं है भन्नुभएको थियो।’