चार शव सुकेटार विमानस्थल लगियो, शव भोलि मात्र काठमाडौं ल्याइने

78
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित मृत्यु भएका सातमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको जानकारी पाइएको छ ।

बाक्लो हिमपातका कारण तीन जनाको शव निकाल्न अझै नसकिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । उनले डेढ फिटभन्दा बाक्लो हिमपात परेकाले शव निकाल्न नसकिएको बताउँदै भोलि मात्र शव निकाल्ने जानकारी दिए ।

उनले सुकेटर ल्याइएका शव ताप्लेजुङ जिल्ला अस्पतालमा राखिने बताउँदै बिहिबार सात वटै शव एकैसाथ काठमाडौं पठाइने जानकारी दिए । दुर्घटनास्थल भीरमा रहेकाले शव निकाल्न अप्ठ्यारो भएको उनको भनाइ छ ।

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको थियो ।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनेष्टीको उक्त हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी तथा यती एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे लगायत थिए ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर फुङलिङ नगरपालिका वडा नं १० स्थित सिरान दाह्रेभीरमा दुर्घटनामा परेको हो । मन्त्री अधिकारी र शेर्पासहितको टोली तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्