ट्रम्प र किम जोङ शिखर वार्तामा, के होला निर्णय ?

Trump with Kim
लाेकपाटी न्यूज

हनोइ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता शुरु भएको छ । उनीहरुबीच बुधबार साँझबाट दोस्रो शिखर सम्मेलन भियतनामको राजधानी हनोइमा वार्ता शुरु भएको हो ।

बुधबारको किमसँगको वार्ता सकिएपछि राति ट्विट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, “हनोइमा किम जोङ उनसँग आज राति महान बैठक भएको छ । हाम्रो छलफल भोलिपनि निरन्तरताका लागि प्रतिक्षारत छ ।”


यस्तै अर्को ट्विटमा धेरै राम्रो संवाद भएको र बिहीबार पुनः जारी रहने जनाएका छन् । वार्तामा बस्नुअघिको उनको ट्विटमा भने उत्तर कोरिया मामिलामा आफ्नो (ट्रम्पको) कदमको बारेमा केही गलत रिपोर्टिङ भइरहेको जनाउँदै उत्तर कोरियालाई ‘इकोनोमिक पावर हाउस’ बनाउन किम र आफू लागिरहेको जानकारी दिएका हुन् ।

उनीहरुको वार्ताको मुख्य एजेण्डा कोरियन प्रायदीपलाई आणविक हतियार मुक्त गराउने दिशामा केन्द्रित रहने अनुमान गरिएको छ । दुई नेताबीच गत वर्ष सिंगापुरमा भएको पहिलो शिखर सम्मेलनपछि यसबारेमा थोरै प्रगति देखिएको हो । ट्रम्पले आफ्नो पछिल्लो बैठक धेरै नै सफल हुने दाबी गरेका छन् । उनले आफू पछि हट्ने कुरा समेत अस्वीकार गरे । वार्तापछि कोरिया क्षेत्रमा युद्धको अवस्था सकिएको औपचारिक रुपमा घोषणा गरिने सबैले अपेक्षा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले किम उत्तर कोरियाको व्यापक आर्थिक विकासका लागि तयार रहने अपेक्षा समेत गरे । ट्रम्पले किमलाई ‘महान नेता’भन्ने पगरी पनि लगाइ दिएका छन् । उनीमाथि कन्फिडेन्ट पनि रहेको र त्यसले गर्दा उनले सबैले स्वागत गर्ने खालको अत्युत्तम परिणाम दिने ट्रम्पले विश्वास व्यक्त गरेका छन् । यो हुनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास हुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्