शव पहिचान गर्न डिएनए परीक्षण हुँदै

photo
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये २ जनाको शव पहिचान भएको छ भने ५ जनाको शव पहिचान हुन समस्या भएको छ ।पर्यटनमन्त्री रविन्द्र अधिकारी र उहाँका अंगरक्षक अर्जुन घिमिरेको मात्रै पहिचान खुलेको छ ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्