टी–२० बरियतामा नेपाल कति औं स्थानमा ?

0

काठमाडौं, १५ असोज। टी–२० बरियतामा नेपाल एक स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको हो।

बुधबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाली क्रिकट टोली १२ औं स्थानमा रहेको छ। नेपाली क्रिकेट टोलीले १९४ रेटिङसहित १२ औं स्थानमा ओर्लिएको हो। यसअघि ११ औं स्थानमा रहेको नेपाली टोली एक स्थान तल झरेको हो। तर, अहिले स्कटल्यान्ड ११ औं स्थानमा उक्लिएको छ।

टी–२० बरियताको शिर्ष स्थानमा पाकिस्तान रहेको छ भने दोस्रो स्थानमा इंग्ल्यान्ड तेस्रो स्थानमा दक्षिण अफ्रिका चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

व्यक्तिगत तर्फ ब्याटिङको बरियतामा नेपाली टोलीका कप्तान पारस खड्का ६६ औं स्थानमा एथावत रहेका छन् भने अलराउण्डरमा २७ औं स्थानमा रहेका छन्। अलराउण्डरमा सोमपाल कामी ६७ औं स्थानमा रहेका छन्। बलिङमा बसन्त रेग्मी ७३ औं स्थानमा पुगेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन्।

Comments
Loading...
You might also like