Spread the love
  • 206
  •  
  •  
  •  
  •  
    206
    Shares

प्लाज्मा विज्ञान सम्बन्धि एक दिने कार्यशाला (भिडियाे)

0

दाङ, १६ कात्तिक। विज्ञानको खोज अनुसन्धान सम्बन्धी विमर्श काठमाडौँमा नै थोरै हुने गर्दछ। मोफसलमा विरलै मात्र हुने गर्दछ। बाहिर पनि विज्ञानको बहस हुनु सह्रनिय काम हो।

विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालले दाङको घोराहीमा प्लाज्मा सम्बन्धी एक दिने कार्यक्रम आयोजना गरेको छ। लक्जेम्वर्ग विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका किशोर आचार्यले प्लाज्माको कार्यपत्र प्रस्तुत गरेका थिए।

दुई सत्रमा गरिएको कार्यक्रमको पहिलो सत्रमा आम सहभागीहरूको उपस्थिति रहेको थियो भने दोस्रो सत्र विषयगत विभिन्न स्कुल एवं कलेजका विद्यार्थीहरूको मात्र उपस्थिति थियो।

संस्थाको अध्यक्ष अजय न्यौपानेले कार्यक्रमको अध्यक्षता गरेका थिए। संस्थाका सदस्य नरेश रेग्मीले संस्था स्थापनाको उद्देश्य प्रस्तुत गरेका थिए। उनले संस्थाको आर्थिक पारदर्शितामा जोड दिँदै आर्थिक विवरण पेस गरेका थिए।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी. वडा नं १५ का अध्यक्ष रमेश पाण्डेले शुभकामना मन्तव्य राखेका थिए।

ठोस, तरल र ग्यास पछिको पदार्थको चौथो रूप प्लाज्मा हो। परमाणुलाई तुक्राउदा उत्पन्न हुने पोजेटिभ, नेगेटिभ र न्यूट्रल चार्ज सहितको अवस्था नै प्लाज्मा हो। सूर्य र ताराहरू लगायत ब्रह्माण्डको ९९% भाग प्लाज्माले ओगटेको छ।

यसको खोज र अनुसन्धानले ब्रह्माण्ड, यसको परिघटना र प्रक्रिया बुझाई फराकिलो र सटिक बनाउँछ। यसको साथै प्लाज्मामा अथाह ऊर्जाको सञ्चित रहने भएकोले यसको अध्ययन बहुआयामिक महत्त्वको छ।

युवा वैज्ञानिक किशोर आचार्यले विभिन्न श्रव्य दृश्य सामाग्रीसहित विभिन्न गणितीय सूत्रहरू बुझाउँदै प्लाजा सम्बन्धी विमर्श गरेका थिए। पहिलो सत्रको उनको प्रस्तुति यहाँ प्रस्तुत गरेका छौँ। आचार्य दाङ घोराहीका स्थायी बसिँदा हुन्, हाल उनी लग्जेम्बर्ग युनिभर्सिटी, लग्जेम्बर्गमा प्लाज्मा विषयमा विद्यावारिधि गर्दैछन्।

Spread the love
  • 206
  •  
  •  
  •  
  •  
    206
    Shares
You might also like
Comments
Loading...