प्रधानमन्त्री ओली र प्रचण्डबीच अस्पतालमा विशेष कुराकानी

  • 1.8K
    Shares
0

काठमाडौं, १६ मंसिर। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति साँढे ११ बजे महाराजगञ्ज अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

दुवै नेताबीच ओलीको स्वास्थ्य अवस्था, सरकार र पार्टी सञ्चालनबारे छलफल भएको थियो। ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया केही तंग्रिएपछि प्रचण्ड भेटका लागि राति ढिलो पुगेका थिए।

स्रोतका अनुसार दुवै नेताबीच उपनिर्वाचनको परिणामबारे समिक्षा भएको थियो। छ महिनाको योजना बनाएर देशव्यापी सक्रियता बढाउनेबारे छलफल भएको थियो।

प्रचण्डले छिट्टै पार्टीको बैठक बस्नेबारे समेत जानकारी गराएका थिए। उपनिर्वाचनपछिको राजनीतिक परिस्थितिबारे समिक्षा गर्न बैठक बस्ने सहमति बनेको छ।

स्रोतका अनुसार ओलीले चिकित्सकको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नेबारे पनि अगाडि बढ्नसक्ने जानकारी गराएका थिए ।

प्रचण्डले केही सुझावहरु दिएको बुझिएको छ । प्रचण्डले ओलीलाई स्वास्थ्यमा ध्यान दिन भन्दै पार्टीलाई बलियो बनाएर लैजान आफू कटिवद्ध भएर लागेको बताएका थिए ।

Comments
Loading...
You might also like