साग खेलकुद : माल्दिभ्समाथि नेपालकोे शानदार जित

  • 27
    Shares
0

पोखरा। नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ। पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो।

जसलाई नेपालले पहिलो ओभरमै पूरा गर्‍यो। काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो। नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो। खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन्।

नवौं ओभरमा पनि दुई विकेट लिइन्। ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन्। जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन्।

Comments
Loading...
You might also like