स्वास्थ्यबारे अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश

  • 26
    Shares
0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार भइरहेको बताएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले सोमबार दिउँसो आफू निको हुँदै गइरहेको सन्देश भिडिओमार्फत आफैंले दिएका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न अड्कलबाजी भइरहेको बेलामा भिडिओ सन्देशबाट ओलीले शल्यक्रियापछि पनि आफू हिँड्डुल गर्न सकेको बताएका छन्।

प्रधानमन्त्री ओलीले १३औं सागको आइतबार उद्घाटन अस्पतालबाटै हेरेको र सफल भएको खुशी व्यक्त गरेका छन्। उनले आफ्नो स्वास्थ्य अचान समस्या भएको र एपेन्टिसाइटिसले बाहिर समेत इन्फेक्सन भएको जनाए।

प्रधानमन्त्रीको सन्देशः

एपेन्सिडाइटिस कसैलाई समय र सूचना दिएर आउने रोग होइन। यो अचानक आइलाग्छ। मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्दा सजिलो हुन्थ्यो। बाहिर पनि फैलिएकाले त्यसको इन्फेकसनलाई पनि हटाउन पर्‍यो। त्यस कारण हप्ता दश दिन उपचारमा लाग्ने भयो।

तर, मेरो स्वास्थ्य राम्ररी अगाडि बढिरहेको छ। सुधार भइरहेको छ। एउटा मेजर अपरेसन पछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने भएको छु। समाचारहरु हेर्न सक्ने अवस्थामा छु।

हिजो मैले १३ औं सागको उद्घाटन समारोह पूरै हेरेंँ र हुन्छ सक्छ कि सक्दैन भन्ने भएको बेला समापन हुँदा खुशी लाग्छ। राष्ट्रपतिज्यूले उद्घाटन गरिदिनु भएकोमा र सहभागी भएकाहरुलाई धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट यसको इज्जत अघि बढाउन क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र साग क्षेत्रका खेलाडीहरु सबैमा आग्रह गर्दछु।

Comments
Loading...
You might also like