पेट्रोलियम पदार्थको भाउ बढ्यो, प्रतिलिटर कति ?

  • 50
    Shares
0

काठमाडौं, १६ मंसिर। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ। आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ। आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएर पठाएको भएपनि त्यसको मूल्य भने नबढाइएको निगमका प्रवक्ता गोइतको भनाइ छ।

Comments
Loading...
You might also like