साग खेलकुद : नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक

  • 25
    Shares
0

काठमाडौं, १६ मंसिर। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा लिग चरणको पहिलो खेलमा जित हात पारेको छ। लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३\१ सेटको जित हात पारेको हो। अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ।

नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए। आजै सम्पन्न खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गरेको छ। दुबै खेल भारतले ३\० ले जितेको हो । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

यस्तै श्रीलङ्काले माल्दिभ्सलाई ३\० ले पराजित गर्‍यो। महिलातर्फ सोमबारै सम्पन्न खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई ३\० ले हरायो। श्रीलङ्काले महिलातर्फ बङ्गलादेशलाई ३\१ सेटमा पराजित गरेको हो। भारत महिलातर्फ पनि सेमिफाइनल प्रवेश गरेको छ। यस्तै नेपालले श्रीलङ्कालाई ३\० ले पराजित गर्‍यो। नेपाली महिला टोलीले मंगलबार बङ्गलादेशसँग खेल्नेछ।

Comments
Loading...
You might also like