रुपन्देहीमा विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

  • 27
    Shares
0

रुपन्देही, १६ मंसिर। बुटवल उपमहानगरपालिका १२ स्थित कालिका मानवज्ञान उच्च माध्यमिक विद्यालय र सोही उपमहानगरपालिका ८ स्थित एभरेष्ट ईङलिस बोर्डिङ उच्च मावि सुख्खानगरमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो।

कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले समुदाय-प्रहरी साझेदारी अवधारणा, नागरिक प्रहरी सम्बन्ध, लागूऔषध तथा विभिन्न अपराध सम्बन्धमा दुबै विद्यालयका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए।

भविष्यका युवा विद्यार्थीहरुलाई सुन्दर भविष्य निर्माणमा सहयोग पुर्याउने उत्प्रेरणामूलक प्रशिक्षण दिनुका साथै उनले दुबै विद्यालयका विद्यार्थीहरुसँग समसामायिक विषयमा अन्तरक्रियासमेत गरेका थिए।

कार्यक्रममा दुबै विद्यालयका प्राचार्यले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए। यस्ता कार्यक्रमले सकारात्मक धारणाको विकास भई अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबाट पृष्ठपोषण प्राप्त भएको उक्त तालिम केन्द्रले जनाएको छ।

Comments
Loading...
You might also like