चितवनमा उपनिर्वाचन भयरहित रूपमा सम्पन्न

  • 19
    Shares
0

प्रनिश थापा/ चितवन, १६ मंसिर। सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल जिल्लाका रुपमा लिइने चितवन जिल्लामा शनिबार सम्पन्न भएको उपनिर्वाचन भयरहित रूपमा सम्पन्न भएको छ। ०७४ मा भएको स्थानीय निर्वाचनका क्रममा मतपत्र च्यात्ने, बिस्फोटजन्य पदार्थहरु पड्काउने, बुथ कब्जा गर्ने जस्ता अनैतिक गतिविधिहरु रहेको पाइए पनि यस पटकको उपनिर्वाचनमा भने जिल्लामा त्यस्तो कुनै किसिमको गतिविधि हुन पाएनन्।

उपनिर्वाचनमा महत्वका साथ हेरिएको चितवन जिल्लामा सुरक्षा योजनालाई प्रभावकारी ढंगबाट कायम राख्न र जनतालाई शान्ति सुरक्षाको उचित प्रत्याभूती दिलाउन चितवन प्रहरी सफल भएको प्रहरी प्रमूख (एसपी) दानबहादुर मल्लले बताए ।
चितवन प्रहरीले निर्वाचनका क्रममा सीमित स्रोत साधनको अधिकतम रुपमा परिचालन गरी प्रहरी प्रमूख र प्रमूख जिल्ला अधिकारी स्वयंम फिल्डमा खटीएकोले पनि उपनिर्वाचनका क्रममा जिल्लामा कुनै किसिमको अप्रिय घट्ना हुन् नपाएको चितवन प्रहरीले जनाएको छ।

स्थानीय निर्वाचनका क्रममा चितवनमा जे भयो, उप निर्वाचनका क्रममा त्यसो हुन दिएनौं। अत्याधिक मात्रामा प्रहरीलाई परिचालन गरेर उपनिर्वाचन ०७६ लाई भयरहित वातावरणमा समन्वयात्मक रुपमा कार्य गरी शान्तिसुरक्षा कायम राखेर प्रहरी संगठनको छबिलाई उच्च बनाउँदै जनताको मन जित्न हामी सफल भएका छौं, मल्ले भने ।

उपनिर्वाचनलाई बिथोल्न खोज्ने प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) माओवादी यसपटक भने जिल्लामा सक्रिय नभएको प्रहरीले जनाएको छ। बिप्लव माओवादी जिल्लामा सक्रिय नहुनु र बिगतमा भएको घट्ना समेत हुन् नपाउनु हाम्रो प्रहरी परिचालन हो।

यसलाई सफलताका रूपमा लिइन्छ। प्रहरी प्रमुख मल्लले भने, पुलिसिङ राम्रो भएकै कारण सोचे भन्दा राम्रो तरिकाले उपनिर्वाचन सम्पन्न भएको छ। केही दिन अगाडि एक सञ्चारमाध्यमसंँग कुराकानी गर्दै चितवनका प्रहरी प्रमूख मल्लले प्रहरी कसैैैैको पक्ष वा बिपक्षमा नरहने स्पष्ट पारेका थिए। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला भएकोले पनि चितवन जिल्लालाई महत्वका साथ हेरिएको थियो ।

Comments
Loading...
You might also like