किन बस्छ आँखामूनि कालाे घेरा ? पढ्नुस् कारण र उपचार

अाखा
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा वा घेरा बस्छ । आँखामुनि कालो हुनुको कारण हामी निन्द्रा नपुगेको बुझ्ने गर्छौं । तर, विभिन्न भिटामिनहरुको कमिले गर्दा त्यस्तो दाग बस्ने गर्छ । आँखामुनि देखिने कालो घेरा अर्थात डार्क सर्कलका कारण केही महिला आफू नराम्री नभएको महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्ने गर्छ ।

कालो धब्बा आफँैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईंको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ । अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’,उनी भन्छिन् ।

तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ । अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ ।

किन बस्छ त आँखा मुनि कालो घेरा ?

आइरनको कमी :शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ । आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन् । एनिमिया पीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ । आइरनका लागि पालुंगो, दाल, गेडागुडीलगायतका खानेकुरा खानुपर्छ ।

भिटामिन ‘सी’को कमी :आँखामुनि कालो घेरा देखिनुको एक कारण भिटामिन ‘सी’को कमी पनि हो। भिटामिन ‘सी’ले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसका लागि कागती, सुन्तलालगायतका खानेकुरा खान सकिन्छ ।

भिटामिन ‘ए’को कमी :भिटामिन ‘ए’ ले छालामा एन्टी अक्सिडेन्टको काम गर्छ । छाला चाउरिनबाट जोगाउँछ । आँखामुनि देखापर्ने कालो घेराबाट राहत दिन्छ । गाजर, ब्रोकाउली, पेस्ता, आँप आदि भिटामिन ‘ए’ का स्रोत हुन् ।

भिटामिन ‘के’को कमी :छालाका सुरक्षाका लागि भिटामिन ‘के’ को कमी हुन दिनु हुँदैन । यस भिटामिनको काम आँखामुनि कालो घेरा पर्न नदिनु हो । शरीरमा भिटामिन ‘के’ कम भयो भने आँखा वरिपरिको छाला निस्तेज देखिन्छ। यो भिटामिनका लागि खानामा हरियो सागपात, काउली, ब्रोकाउली, बन्दा, माछालगायत खानेकुरा खानुपर्छ ।

भिटामिन ‘ई’को कमी :आँखामा पर्ने डार्क सर्कलका लागि भिटामिन ‘ई’ को कमी पनि जिम्मेवार छ । यस भिटामिनको कमीले छाला निष्प्राण देखिन्छ । छालालाई स्वस्थ र चम्किलो राख्न बदाम, एभोकाडो, किवी, जैतुन तेल, ट्राउट माछा खानुपर्छ ।

यति कुरा याद गरे दिनरात मोबाइल कम्युटर चलाए पनि आँखालाई केही हुँदैन, जानी राख्नुस्
आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसीरहँदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरीरहँदा पनि आँखा कमजोर हुन्छ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपूर्ण र नभई नहुने अंग हो । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस् ।

पालुंगोको जुस
हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस
आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात
आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर
ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन
शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् । सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम
बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

तर, आयुर्वेदका यस्ता केही घरेलु उपचार छन्, जसको प्रयोगले आँखाको तेज बढ्दै जान्छ । जस्तैः

ग्रीन टि
दैनिक नियमित रुपमा २–३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।

अमला
सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।

घिउ
घिउले आँखी भौ तथा कन्चडतिर ५–१० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।

जीरा
जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।

बिहान उठेर सफा पानी आँखामा छ्याप्ने
आँखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।

त्रिफला
अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

सस्र्युं
सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सस्र्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

तोरीको तेल
राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

सुप
एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

सुकुमेल
तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

हाडेबादाम
रातफ छ सातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

आँखामा के गर्ने ? के नगर्ने ?
आँखा क्रमश कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।

एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।

बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमश बढ्दै जान्छ ।

तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।

नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ । १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।

सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।

बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने । आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।

आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।

भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् । पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्