मित्र रवीन्द्र, बाँच्नेहरुलाई असाधारण पीडाबोध हुन्छ : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले युवा नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको मृत्युले बाँच्नेहरुका लागि असैह्य पीडा भएको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले मृत्यु सामान्य परिघटना भए पनि बाँच्नेहरुका लागि असाधारण पीडाबोध हुने धारणा राखेका छन् । ‘आखिर मृत्यु के हो ? सामान्य परिघटना हो। जसले आफन्त र बाँचेकाहरुलाई असाधारण पीडाबोध हुन्छ’ शर्माले लेखेका छन्।

शर्माले जनताका प्रिय नेता रवीन्द्र अधिकारीलाई बिदाइ गर्न आफूहरु बाध्य भएको लेखेका छन्। शुक्रबार बिहान मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि टुंडिखेल राखिँदै छ। अन्तिम श्रद्धाञ्जली दिनुपूर्व पूर्वमन्त्री शर्माले लेखेको यो भावुक स्टाटस।

‘आखिर मृत्यु के हो ? सामान्य परिघटना हो। जसले आफन्त र बाँचेकाहरुलाई असाधारण पीडाबोध हुन्छ। मृत्यु अनिवार्य भए पनि समय अनिश्चित छ। त्यसैले नै मान्छेलाई सक्रिय पारेको छ। मृत्युपछि त सबै शून्यमा फेरिन्छ, जीवन मात्र बाँकी रहन्छ जिउँदो हुँदा गरेका कर्म। आज अत्यन्त उर्जावान् हामी सबैका प्रिय जनताका नेता रवीन्द्र अधिकारीलाई बिदा गर्न बाध्य छौं। हामीसँग उनले समाज र राष्ट्रका लागि गरेका मूल्यवान योगदान मात्र बाँकी छन्। हार्दिक श्रद्धाञ्जली मित्र रवीन्द्र।’