१ सय ३५ प्रहरी जवान दीक्षित

polic
लाेकपाटी न्यूज

विराटनगर, १७ फागुन । प्रदेश १ प्रहरी तालीम केन्द्र, रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औँ समूहको आज दीक्षान्त समारोह सम्पन्न भएको छ ।

प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालीम १३६ औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।

गत जेष्ठ २६ गतेदेखि फागुन १६ गते सम्म सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिममा १ सय ३५ जना प्रशिक्षार्थी प्रहरी जवान दीक्षित भएका छन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख केदार रिजालले कार्यक्रममा बोल्दै करिव १० महिनाको अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सिपहरु प्रहरी जीवनको आधारभूत र अमूल्य नीधि भएकाले सिकेका व्यवसायिक ज्ञानहरुलाई जिवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न आग्रह गरे ।

उनले आ- आफ्नो कार्य क्षेत्रमा राम्रा-नराम्रा, तिता मिठा, शुभ-अशुभ धेरै कुराहरु र परिस्थितीको सामना गर्नु पर्ने भएकोले आफ्नो व्यवसायिक जिम्मेवारी , उत्तरदायित्व र जवाफदेहिता बहन गर्दै असल प्रहरी बनेर जनताको मन जित्ने कार्य गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।

दीक्षान्त समारोहमा बरिष्ठ प्रहरी अधिकृतहरु, प्रदेश स्तरीय अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरुका परिवारजनहरु, पत्रकारहरु, जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान गरी करिव ५सय जना भन्दा बढिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्