गोदामचौर ‘ग्याङ रेप’का तीनै अभियुक्त जेल सजाय

लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन । सामूहिक बलात्कारपछि युवतीलाई मराणसन्न हुनेगरी कुटपिट गर्ने तीन अभियुक्तलाई १० वर्ष २ महिना कैदको फैसला सुनाइएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले जबर्जस्ती करणीमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाएको हो ।

तीनै अभियुक्तले अधिकतम १० वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले बताए । फरक फरक मुद्दामा सजाय भएकाले अधिकतम् १० वर्ष कैद भुक्तानपछि तीनैजना रिहा हुनेछन्।

श्रेष्तेदार तिवारीका अनुसार अभियुक्तहरूले जनही एकलाखका दरले पीडितलाइ क्षतिपूर्ती दिने समेत फैसला भएको छ ।

ललितपुर गोदामचौरमा बस्ने कामकाजी एक युवतीलाई स्थानीय विशालध्वज कार्की, रघु सिलावाल र पवन कुँवरले २०७४ मंसिर २ गते राति बलात्कारपछि अर्धचेत अवस्थासम्म कुटेका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई तीन महिनाअघि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्