विकास बोर्डको अध्यक्षमा सुचित्राको दावी

suchitra shrestha
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाएकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र बिकाश बोर्डको अधक्ष्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल ‘अकल्पित र स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन्। योङ एसिया टेलिभिजनले बनाएको दर्जनौ वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आबद्ध छन्।

आफूसँग भएको दक्षता तथा अनुभवलाई लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने सोच लिएकी निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठले यदि सरकारले निष्पक्ष रुपमा नियुक्त गरेमा आफू चलचित्र विकाव बोर्ड सम्हाल्न तयार रहेको बताएकी छिन्।

निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्