उर्जामन्त्री पुनको डिस्चार्ज आज

Barshaman-Pun
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए । उनका स्वकीय सचिव दुर्गा चापागाइँका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ।

उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन्। मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

यस्तै, शुक्रबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका थिए। आज पुनको डिस्चार्ज हुनेछ।