शिक्षकले विद्यार्थीलाई रोबर्ट बनाए : पूर्वराष्ट्रपति

Rambaran Yadav
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १८ फागुन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन्।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उनले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिए। ‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,”– उनले भने।

अहिले शिक्षकले विद्यार्थीलाई रोबर्ट बनाएको छ कि मान्छे भनी प्रश्न गर्दै उनले मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको उल्लेख गरे। पूर्व राष्ट्रपति डा. यादवले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने बताए ।

काङ्ग्रेसको तर्फबाट राष्ट्रपति बनेका डा. यादवले नेपाली काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले पैसामा सांसद पद बेच्नु दुर्भाग्य भएको बताए। प्रदेश नं–३ का प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालयको स्थिति राम्रो नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्