अनलाइन गीतबाट वातावरणमा असर

online music
लाेकपाटी न्यूज

काठमाडौं । डिजिटल युग सुरु भएसँगै विश्वमा संगीत सुन्न निकै सजिलो भएको छ । हामी कुनैपनि वेबसाइटमा गएर सिधै आफुलाई मनपर्ने गीत सुन्न सक्छौँ ।वेबसाइटमा गीतलाई कपी गर्न, अपलोड गर्न वा डाउनलोड नगरीकनै स्ट्रिम गर्नपनि सकिन्छ ।

तर, केही वर्षअघि सम्म यस्तो सजिलो थिएन । क्यासेट, सिडी तथा अन्य माध्यममा रेकर्ड गरिएका गीतहरु सुन्नुपर्थ्याे, हेर्नुपर्थ्याे ।

सूचना प्रविधिको क्षेत्रमा तिव्र गतिमा विकास भैरहेको छ । मानिसहरु गीत संगीतका लागि इन्टरनेटमा निर्भर बनिरहेका छन् । तर यस्तो अवस्थामा पनि पछिल्ला केही वर्षदेखि गीत संगीत सुन्नका लागि गीत रेकर्ड गरिने पूराना माध्यमहरुप्रति मानिसहरुको रुची फेरि बढेको पाइएको छ ।

संगीतको यो माध्यम यस्तो छ कि प्रयोगकर्ताले त्यहाँ गीत संग्रहित गर्नका लागि कुनै उपकरणको प्रयोग गर्नुपर्दैन । तर यसको अर्थ यो हैन कि यस तरिकाले संगीत सुन्दा पर्यावरणमा कुनै असर पर्दैन ।

जुन इलेक्ट्रोनिक फाइल तपाइँ कम्प्युटर वा मोबाइलमा डाउनलोड गर्नुहुन्छ, वा सिधै स्ट्रिम गर्नुहुन्छ, त्यो कुनै न कुनै सर्भरमा सुरक्षित राखिएको हुन्छ । उक्त सर्भरलाई चिसो पार्नका लागि ठूलो परिमाणमा बिजुली खर्च हुन्छ । हामीले कुनै साइटमा गएर गीतको फाइलमा क्लिक गर्दा उक्त साइटको सर्भरमार्फत त्यो फाइल राउटर हुँदै वाइफाइको सहायताले कम्प्युटर वा मोबाइलमा उपलब्ध हुन्छ, अर्थात् गीत बज्दछ ।

हामीले जति पटक आफ्नो मनपर्ने गीत अनलाइनमा सुन्दछौँ, त्यति नै पटक यो प्रक्रिया दोहोरिन्छ । त्यस्तै वाइफाइको प्रयोग गर्दा, मोबाइल, कम्प्युटर लगायतका विद्युतीय उपकरण प्रयोग गर्दा पनि बिजुली खपत भएकै हुन्छ । यसको मतलब अनलाइनमा जति धेरै गीत सुन्नुभयो उति नै धेरै बिजुली खर्च हुन्छ ।

आजकल मानिसहरु सिधै इन्टरनेटमार्फत गीत संगीत सुन्न चाहन्छन् । यु ट्युब लगायतका भिडियो स्ट्रिमिङ्ग साइटहरुले इन्टरनेटमा गीत सुन्ने तथा भिडियो हेर्नेका लागि निकै सहज बनाइदिएका छन् ।

एक तथ्यांक अनुसार बेलायतमा भिनाइल रेकर्डको बिक्रिमा सन् २००७ पछि १४२७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षमात्रै बेलायतमा मात्रै ४० लाख प्रति एलपी भिनाइल रेकर्ड बिक्रि भयो । भिनाइल रेकर्डको बिक्रिमा कमी आउने कुनै लक्षण छैन । यसको अर्थ पुनचक्रण गर्न नमिल्ने यी म्युजिक रेकर्डिङ्ग डिस्क आगामी दिनमा झनै बढि उत्पादन हुनेछन् ।

भिनाइल रेकर्डको बिक्रिमा भएको बढोत्तरीको अर्थ यस्तो डिस्क उत्पादनको प्रक्रियामा पनि तिव्र वृद्धि हुनेछ । तर समस्या के भने यस्ता डिस्कलाई पुनचक्रण गर्न सकिँदैन । त्यसैले यसको बिक्रि बढ्नु वा प्रयोग बढ्नु भनेको पर्यावरणका लागि हानिकारक हो ।

उसो त एल्बमको कभर त रिसाइकल गर्न सकिने प्लास्टिकबाट बनेको हुन्छ । पहिले रेकर्ड गरिने टेप पनि शेलाक नामक पदार्थबाट बनाइन्थ्यो । यो पदार्थ एउटा किराको सरीरबाट प्राप्त हुन्थ्यो । तर यस्तो रेकर्ड टेप छिटै बिग्रिन्थ्यो । त्यसैले पछि त्यसको साटो भिनाइल फोनोग्राफ रेकर्ड टेप बनाउन थालियो ।

भिनाइल रेकर्डका लागि प्रयोग गरिने पिभीसी यस्तो पदार्थ हो जुन नष्ट हुन सदियौँ लाग्न सक्दछ । अर्थात् यसको कुनैपनि फोहोर नष्ट हुन्जेल मानिसका कैयन् पुस्ता बित्दछन् । अर्कोतर्फ यो पदार्थ नष्ट भएर माटोमा मिल्दा समेत माटोलाई हानी गर्छ ।

आज जुन रेकर्ड टेप पाइन्छ, त्यसको उत्पादन गर्दा आधा किलो कार्वन डाइअक्साइड पर्यावरणमा उत्सर्जन हुन्छ ।

यस्तोमा केवल बेलायतमा मात्रै ४० लाख एलपी रेकर्ड बिक्रि हुँदा वायुमण्डलमा २ हजार टन कार्वन डाइअक्साइड थपियो । ती रेकर्ड उत्पादन गरी बजारमा लैजाने क्रममा भएको प्रदुषणको पाटो छुट्टै छ । यो भने ४ सय जना मानिसले वर्षभरीमा उत्सर्जन गर्ने कार्वनडाइ अक्साइड बराबर हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्