भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक

भरतमाेहन अधिकारी
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन । सत्तारुढ नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । ८३ वर्षीय नेता अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार अघि बढाइएको छ ।

नेता अधिकारी गत बिहीबारदेखि अचेत अवस्थामा रहेका थिए । रहनुभएको हो । उनलाई बिगत तीन सातादेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएको छ । श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि गत पुस २३ गतेदेखि नेता अधिकारीलाई मेडिसीटी अस्पतालमा राखिएको थियो । सो अस्पतालमा उपचार भइरहेको बेला ह्याम्समा रिफर गरिएको हो ।

यता बुवाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि जेठी छोरी लुना अधिकारी आजै सिक्किमदेखि काठकाडौं आएकी छन् । नेपाली राजनीतिमा लामो समय बिताएका अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेसँगै अस्पतालमा उनलाई भेट्न जाने नेता कार्यकर्ताको घुइँचो लाग्न थालेको छ ।

बिरामी भएका अधिकारीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

चिकित्सकले अधिकारीको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइसकेका छैनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्