नेकपाद्वारा शोक प्रस्ताव पारित, पार्टीको झण्डा आधा झुकाइने

20120
लाेकपाटी न्यूज

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज बसेको बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन भएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । पार्टीले शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

बैठकले आज, भोलि र पर्सि तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारीे विज्ञप्तिमा उल्लेख गरिएको छ ।