‘सेता तिघ्रा देखाएर गर्ने महाेत्सव राेक्छौं’ : मुख्यमन्त्री पाैडेल

dormani01
लाेकपाटी न्यूज

हेटौंडा, १९ फागुन । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मेलामा मान्छे जम्मा गर्ने नाममा सेता तिघ्रा देखाएर गर्ने महोत्सवलाई रोक्ने बताएका छन् । राष्ट्रिय कलाकारको नाममा अश्लिलता प्रर्दशन गर्ने र सेता तिघ्रा देखाएर मेलालाई असभ्य बनाउने काम कदापी हुन नदिन यस्तो कदम चाल्न लागिएको बताएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघले हिजोबाट मकवानपुरको हेटौंडामा शुरु गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले छाडा संस्कृतिलाई हेटौँडाले कहिल्यै पनि स्विकार गर्न नसक्ने बताए ।

उनले भने, ‘यहाँ मान्छे जम्मा गर्ने नाउँमा, मान्छे ल्याउने नाउँमा मैले भनेको थिए, सेता तिघ्रा देखाएर मान्छे जम्मा गर्ने हैन, हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो संस्कार, हाम्रो भाषा हाम्रो भेष, त्यो प्रर्दशन गरेर मान्छे जम्मा गरौं । यहाँ राष्ट्रिय कलाकारको नाउँमा अश्लिल र छाडा व्यक्ति आएर हाम्रा, संस्कार, हाम्रा सामजिक मर्यादा उलङ्घन गर्ने काम गर्छन्, मैले भनेको थिए यस्ता काम नगरौं । हामीलाई छाडा संस्कृति चाँहिदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्