शिवरात्रिमा गर्न नहुने दश काम

shivratri
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २० फागुन । महाशिवरात्रि देशभर भगवान शिवको पूजाअर्चना गरि मनाइँदैछ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

शिवरात्रिकै अवसरमा आज हामीले गर्न नहुने १० काम यस्ता छन् ।

महाशिवरात्रिको दिन अबेरसम्म सुत्न हुँदैन । बिहान चाँडै उठ्नुपर्छ र ननुहाइ केहि पनि खान नहुने मान्यता छ ।

यो दिन कालो रङको कपडा नलगाउनुहोस् ।

भगवान शिवको पूजा गर्दा भुलेर पनि चम्पा र केत्तुकेको फूल नचढाउनुहोस् ।

शिवको पूजामा टुक्रिएको चामल नचढाउनुहोस् ।

शिवलिङ्गको अभिषेकको लागि सुन, चाँदी वा काँसको भाँडाको प्रयोग गर्नुपर्छ । भुलेर पनि स्टिल वा प्लास्टिकको भाँडाले शिवलिङ्गको अभिषेक गर्नुहुँदैन ।

शिवको पूजाआराधना गर्दा अनिवार्य रुपमा बेलको प्रयोग गर्नु पर्दछ ।

शिवलिङ्गमा चढाइएको प्रसाद खाने वा लाउने नगर्नुहोस्, यसले अशुभ हुने धार्मिक विश्वास छ ।

शिवरात्रिको दिन चामल गहुँ जस्ता अन्नहरु नखानुहोस् । यस दिनमा फलफूल, दुध, चिया वा कफिको सेवन गर्न सकिन्छ ।

शिवलिङ्गमा कहिल्यै पनि तुलसीको पात नचढाउनुहोस् । र अर्को कुरा, प्याकेटको वा तातो दुध नचढाउनुहोस् ।

महाशिवरात्रिको रात चाँडै सुत्न नहुने मान्यता छ । जागरामा बस्नुपर्नेहँुदा यस रातमा नसुतिकन रातभर जागराम बसी शिवको भजनकिर्तन गर्नुपर्छ ।