पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा पहिलो पटक पाठेघर खस्ने शल्यक्रिया निःशुल्क शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं.–५ र प्रादेशीक स्वास्थ्य निर्देशनालयसँग समन्वय गरी महिलाहरुको पाठेघर खस्ने समस्याको निशूल्क शल्यक्रिया आइतबारदेखि सुरु भएको छ।
शिविरमा आइतबार नै ४ जना महिलाहरुको पाठेघर खस्ने शल्यक्रिया गरिएको अस्पतालको मेडिकल सुपरिटेण्डेट डा. अनन्त कुमार शर्माले जानकारी दिए । पाठेघर खस्ने शल्यक्रिया स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अजेन्द्र यादवले शल्यक्रिया गरेका छन्।
फागुन १९ गतेदेखि २५ सम्म साप्ताहिक रुपमा पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । त्यसपछिको अवधिमा कोटा बाँकी रहेसम्म नियमित रुपमा सेवा सञ्चालन गरिने अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले बताए ।
७५ जनाको कोटा सम्पन्न नहुने समय सम्म नियमित रुपमा सेवा सञ्चालन हुने अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए । फागुन २६ गतेदेखि चैत्र २ गतेसम्म हाइड्रोसिलको निशुल्क सेवा सञ्चालन हुने र त्यसपछि कोटा बाँकी रहेसम्म नियमित रुपमा सेवा सञ्चालन गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेट शर्माले बताए।
फागुन २६ देखि चैत्र २ गतेसम्म हाइड्रोसिलको शल्यक्रिया शिविर र त्यसपछि कोटा नसकिएसम्म नियमित शल्यक्रिया सेवा सञ्चालन हुने व्यहोरा समेत अस्पतालले जनाएको छ। यो सेवाबाट पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहसहित भारतको सीमा क्षेत्रका ग्रामिण भेगका जनताले लाभ लिन सक्नेछन्।
अस्पतालले यस आर्थिक वर्षमा ७५ जना महिलाहरुको निःशुल्क पाठेघर खस्ने समस्याको शल्यक्रिया र १२० जना हाइड्रोशिलको निशुल्क शल्यक्रिया सम्बन्धी शिविर सञ्चालन गर्ने अस्पतालले जनाएको छ।